शनिबार, जेठ १, २०७८
18:53 | २३:३८

फ्रान्समा एकै दिन थपिए ५२ हजार कोरोना संक्रमित

रासस/सिन्ह्वा अक्टोबर २६, २०२०


पेरिस । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टामा मात्र फ्रान्समा ५२ हजार जनामा कोभिडको संक्रमण भएको पाइएको हो ।

गएको २४ घन्टामा ५२ हजार जनामा कोभिड भएको सोमबार यहाँको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ । सो एजेन्सीले यहाँ गएको शनिबार मात्र ४५ हजार जनामा नयाँ संक्रमण देखिएको जनाएको थियो भने सोमबार ५२ हजारमा नयाँ संक्रमण भएको पाइएको बताएको थियो ।

यहाँ महामारी सुरु भएदेखि यताको संख्या हेर्दा ११ लाख भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्समा ११ लाख ३८ हजार जनामा संक्रमण भएको छ । यहाँ ३४ हजार जनाभन्दा बढीको यो संक्रमणबाट ज्यान गएको छ । उक्त एजेन्सीले दिएको जानकारी अनुसार यहाँका ३४ हजार ७६१ जनाको यस संक्रमणबाट ज्यान गएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू