शुक्रबार, वैशाख १४, २०८१
15:31 | २०:१६

बेलायतमा संक्रमित थपिएको थपियै, एकै दिन २३ हजार नयां

एक हजार १३९ जना हस्पिटल भर्ना

नेपाली लिङ्क अक्टोबर २४, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप २३ हजार १२ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ८ लाख ५४  हजार १० पुगेको छ ।

हिजो शुक्रबार २० हजार ५३० जना संक्रमित भएकोमा आज झन्डै ३ हजार बढी संक्रमित थपिएका हुन् । यसैगरी शनिबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप १७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ७४५ पुगेको छ । कोरोना संक्रमितका साथै हस्पिटल भर्ना हुनेको संख्या पनि दैनिक बढ्दै गएको स्वास्थ्य विभागले जनाएको छ ।

गएको २४ घन्टामा एक हजार १३९ संक्रमित हस्पिटल भर्ना भएका छन् । हाल बेलायतका हस्पिटलमा उपचार गराइरहेकाको संख्या ७ हजार ८५० छ भने ७४३ जनाको भेन्टिलेटरमा उपचार भइहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू