बुधबार, वैशाख १२, २०८१
15:30 | २०:१५

सम्झौता कार्यान्वयन गर्न तालिबानलाई अमेरिकी विशेषदूतको आग्रह   

रासस–एएनआई अक्टोबर १६, २०२०

फाइल फोटो

काबुल, ३० असोज–– अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अमेरिका–तालिबान बीचको सम्झौताको पूर्ण कार्यान्वयनमा प्रतिबद्धता व्यक्ति गर्न तालिबान समूहलाई आग्रह गर्नु भएको छ । अफगानिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढेका प्रति चिन्ता व्यक्त गर्दै विशेषदूत खलिलजादले शान्तिप्रतिको अफगानी जनताको भावनालाई सम्मान गर्न आग्रह गर्नु भएको छ ।

उहाँले ट्वीटमार्फत भन्नुभएको छ, “तालिबान समूहसँग म र जनरल मिलरले धेरै चरणमा प्रत्यक्ष भेटवार्ता र छलफल गरेका छौं । यी बैठकमा अमेरिका–तालिबानबीच भएका सम्झौता र व्यक्त सबै प्रतिबद्धताहरुको कार्यान्वयनमा सहमति भएको छ ।” उहाँले अहिले ठूलो संख्यामा अफगानी जनताहरु मारिएको बताउँदै सरकार र तालिबान दुबै पक्षबाट हिंसामा कमी ल्याउन पहल हुने विश्वास व्यक्त गर्नु भएको छ ।

हालै मात्र तालिबान समूहले गरेका आक्रमणप्रति संकेत गर्दै विशेषदूत खलिलजादले हालैका साताहरुमा आक्रमणका घटनामा वृद्धि भएका र त्यसले शान्ति प्रक्रियालाई नै धरापमा पार्न खोजेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हामी हाम्रा तर्फबाट भूमिका निर्वाह गर्नेछौं र त्यसको कार्यान्वयनको पूर्ण सक्रियताका साथ अनुगमन गर्नेछौं । यस कार्यमा सहयोग गर्ने हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरुलाई निरन्तरको सहयोग र समर्थनका लागि आभार व्यक्त गर्दछौं ।”

तालिबानका प्रवक्ता मोहम्मद नसिमले ट्वीट गर्दै समूहका प्रमुख वार्ताकार मौलबी अब्दुल हकिमले अमेरिकी विशेषदूत खलिलजाद र जनरल मिलरसँग भेटघाट गर्नु भएको बताउनु भएको छ । कतारको दोहामा भएको भेटवार्तामा उहाँहरुबीच शान्ति सम्झौताको कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको प्रवक्ता नसिमले जानकारी दिनु भएको छ ।

नेटो सैन्य प्रमुख जेन्स स्टोल्टेन्बर्गले पनि अमेरिकी विशेषदूतसँग भेटवार्ता गरी अफगानिस्तानको पछिल्लो स्थितिका बारेमा छलफल गरिएको स्टोल्टेन्बर्गले ट्वीट मार्फत जानकारी गराउनु भएको छ । उहाँले दोहा वार्ताले शान्ति स्थापनार्थ एउटा उत्कृष्ट मौका सिर्जना गर्ने विश्वास व्यक्त गर्दै तालिबान समूहले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने तथा हिंसात्मक घटनामा कमी ल्याउनु पर्नेमा जोड दिनु भएको छ ।

स्थानीय संचारमाध्यमहरुका अनुसार हेल्मान्ड प्रान्तको लस्करगाह र त्यस वरपर विगत छ दिनदेखि तालिबान समूह र सरकारी फौजबीच भिडन्त जारी छ । बुधबार मात्र हेल्मान्डको नवा जिल्लामा प्राविधिक गडबडीका कारण सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा ९ जनाको ज्यान गएको थियो । तालिबान समूहले प्रान्तीय राजधानी र आसपासका क्षेत्रमा संगठित आक्रमण गरेको थियो । अ

धिकारीहरुका अनुसार सोमबार राति लडाकू बिमानको सहयोग समेत लिएर अफगान कमान्डोले लस्करगाहमा तालिबान लडाकू विरुद्ध कारबाही गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । हालैका दिनमा जारी भिडन्तका कारण हजारौं व्यक्ति अन्यत्र पलायन भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू