बिहीबार, वैशाख १३, २०८१
21:51 | ०२:३६

जर्मनी पनि कोभिड संक्रमणको चपेटामा: मार्केल 

रासस/सिन्ह्वा अक्टोबर १५, २०२०

जर्मन चान्सलर एन्जेला मर्केल

बर्लिन । जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को संक्रमणको  गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । जर्मनीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितमरु बढ्दै गएकोले उहाँले सो कुरा बताउनुभएको हो ।

‘हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ’– उहाँले भन्नुभएको छ । उहाँले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका संक्रमितहरु बढ्दै गएका छन् र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको छ भन्नुभएको छ ।

बिहीबार उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने हो भन्नुभएको छ ।

जर्मनीले अहिलेको अवस्थामा लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उहाँले स्पष्ट गर्नुभएको छ । उहाँले भन्नुभएको छ– हामी आर्थिक हिसाबले पनि अर्काे पटकको लकडाउनको अवस्थामा जान सक्दैनौँ र यही खुला रहेकै अवस्थाबाट नै हामीले उपचारका विधिहरु तय गर्नुपर्दछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू