शुक्रबार, वैशाख ७, २०८१
19:38 | ००:२३

स्पेनमा पनि बढ्यो कोरोना संक्रमण   

रासस-एएनआई अक्टोबर १४, २०२०


म्याड्रिड । २८ असोज– स्पेनमा कोरोना भाइरस (कोभिड १९) का नयाँ सङ्क्रमित थपिन थालेका छन् । यहाँ पनि कारोना भाइरसको संक्रमणको ‘दोस्रो वेभ’ आएको बताइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको हो । बताइएअनुसार यहाँ गरिएको परीक्षणका क्रममा सात दिनयता ७ हजार ११८ जनामा नयाँ सङ्क्रमण देखिएको हो । साथै गएको सात दिनमा यहाँ ४८० जनाको निधन भएको छ ।

स्पेनका स्वास्थ्य अधिकारीहरुले यस सङ्क्रमणबाट हरेक दिन कम्तीमा पनि ८० जनाले ज्यान गुमाउन थालेको बताएका छन् । उनीहरुले स्पेनमा पनि यो सङ्क्रमणको दोस्रो वेभ आएको र हिजो आज हरेक थप नयाँ नयाँ संख्यामा सङ्क्रमितहरु भेटिन थालेका पनि बताएको छ ।

चीनको हुबे प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । तर शुरुमा यो सङ्क्रमणले स्पेन र इटालीलाई निकै क्षति गराएको थियो । यहाँका स्वास्थ्य अधिकारीहरुले यो सङ्क्रमणका २ लाख ६८ हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन् । पछिल्ला महिनाहरुमा स्पेनमा यसका सङ्क्रमितहरु निकै घटेकोमा हाल आएर बढ्न थालेका बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू