शुक्रबार, चैत १६, २०८०
22:06 | ०३:५१

यस्तो छ भाइरसबाट अत्यन्त प्रभावित देशहरुको अवस्था

रासस-एएफपी अक्टोबर १०, २०२०

पेरिस । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७८ लाख  ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले शनिबार जानकारी दिएको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरस संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या दुई लाख १८ हजार नाघेको छ ।

कोरोना संक्रमणको हिसाबले दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख ७९ हजार भन्दा बढी संक्रमित भएका छन् भने यस संक्रमणबाट एक लाख ७ हजार ४५० जनाको मृत्यु भइसकेको छ । 

कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा संक्रमितको संख्या ५० लाख ५७ हजार नाघेको छ । संक्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार  २५७ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

कोलम्बियामा ८ लाख ९४ हजार ३०० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ४९५ जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३८१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ८ लाख ७१ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने २३ हजार २५० जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४३ हजार ३५५ मा व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३३ हजार १५८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ८ लाख ९ हजार ७५१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ८३ हजार ५०७ जनाको मृत्यु भएको छ । फ्रान्समा ६ लाख ९१ हजार ९७७ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३२ हजार ५८३ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ८८ हजार ३५२ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने १७ हजार ५४७ जनाको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म १० लाख ७२ हजार ८२६ जना पुगेको छ । 

यस भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७१ लाख २० हजार पुगेको छ  । कूल संक्रमितमध्ये दुई करोड ७९ लाख २ हजार भन्दा बढी हजार निको छन् भने करिब ८१ लाख ४४ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भइ सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्ध घोषणा गर्न थालिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू