शुक्रबार, वैशाख १४, २०८१
15:39 | २०:२४

भारतमा कोभिड १९ का संक्रमण र मृतक संख्यामा सामान्य कमी

रासस-एएनआई अक्टोबर ६, २०२०

 

नयाँ दिल्ली । भारतमा पछिल्लो  २४ घण्टामा कोभिड–१९ बाट संक्रमित हुनेको संख्यामा अघिल्लो दिनको तुलनामा केही कमी देखिएको छ ।  सो अवधिमा कुल  ६१ हजार २६७ नयाँ संक्रमित थपिएको संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल संक्रमित संख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा देशभर मृत्यु हुनेको संख्या ८८४ रहेको छ भने अहिलेसम्म मृतकको कूल एक लाख तीन हजार ५६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

यो महिना (अक्टोबर)को पहिला पाँच दिनको तथ्यांक हेर्दा भारतमा कोभिड–१९ संक्रमण तथा संक्रमित विरामीको मृत्यु दरमा सामान्य कमी देखिएको छ ।

अक्टोबर १ का दिन ८६ हजार ८२१ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको र मृत्यु एक हजार १८१ रहेकोमा अक्टोबर २ मा संक्रमित संख्या करिब पाँच हजारले कमी आएर ८१ हजार ४८४ भएकोे थियो । त्यस्तै मृतक संख्यामा  पनि करिब १०० ले कमी आइ एक हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन संक्रमितको संख्या अघिल्ला दिनको तुलनामा थप घटेर ७९ हजार ४७६ कायम भएको थियो भने मृतक संख्या एक हजार ६९ मा झरेको थियो । अक्टोबरमा ४ मा संक्रमितम संख्या  कम भएर ७५ हजार ८२९ र मृतक संख्या ९४० भयो भने अक्टोबर ५ मा संक्रमित ७४ हजार ४४२ र मृतक ९०३ थिए   

भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४९० व्यक्ति कोभिड–१९ संक्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण छ । 

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मंगलबारसम्म कूल ८१ लाख ७१ हजार ७९७ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । योमध्ये सोमबार मात्र एक लाख ८९ हजार ४०३ व्यक्तिको कोभिड–९ परीक्षण भएको बताइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू