नागार्नो काराबाख युद्धमा अजरबैजानका तीन हजार सैनिक मारिए
यारेभिन, अर्मेनिया १७ असोज–नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ ।
यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख गरिएको थियो ।
तर, सो देशले उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको यो पछिल्लो जानकारी आएको हो । स्वघोषित रिपब्लिक अफ आर्तसाखका राष्ट्रपतिका प्रेस सचिवले शनिबार जानकारी गराएका छन् ।
आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिन अघिदेखि भिषण सैनिक कारबाही शुरु गरेको हो । विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीबीच जारी लडाइँ रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्ति मै असर पार्ने उनीहरुको अनुमान छ ।
आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजानको सेनाले शक्तिशाली हतियारको प्रयोग गरेर विद्रोहीका आश्रयस्थलमा आक्रमण गरिरहेको जनाएका छन् । तर उता अजरबैजानको रक्षा मन्त्रालयले भने टार्टर शहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ ।
अजरबैजानका तीन हजारभन्दा बढी सेना मारिएका र तीमध्ये कतिपय त मध्यस्थ क्षेत्रमा अहिले पनि रहेका र उनीहरुलाई कतै पनि नलगिएको प्रेस सचिव भागराम पोगसिमले आफ्नो फेसबुक पेजमा लेखेका बताइएको छ ।
अजरबैजानका तीन ओटा जेट विमान खसालिदिएको अर्मेनियाको दाबी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५