शनिबार, वैशाख १५, २०८१
19:37 | ००:२२

नेपालमा थप एक हजार ५ सय ७३ नयाँ संक्रमित

विश्वभर कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या ७ सय ४२

नेपाली लिङ्क सेप्टेम्बर २७, २०२०

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ८ सय ९ सहित नेपालमा थप एक हजार ५ सय ७३ जना नयाँ संक्रमित थपिएका छन्  । आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

आज देशभर १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको थियो । चौबीस घण्टामा ८ सय ८५ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

हाल देशभर सकृय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ भने क्वारेन्टिनमा छ हजार २ सय ८१ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घन्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

नेपाल बाहिर विदेशमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या २ सय ६५ पुगेको गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ । योसंगै विश्वभर कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या ७ सय ४२ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू