मंगलबार, वैशाख ११, २०८१
15:28 | २०:१३

नेपालमा कोरोना संक्रमित संख्या अहिलेसम्मकै उच्च, थप ८ जनाको मृत्यु

कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत

रासस सेप्टेम्बर १६, २०२०

काठमाडौं । गत २४ घण्टामा एक हजार ५३९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या जम्मा एक हजार ६८ रहेको जानकारी दिए ।

गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार ७०६ छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या आठ हजार ६४१ छ भने होम हाइसोलेसनमा बस्ने सात हजार ७०१ जना छन् । “पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनामा पिसिआर परीक्षण भएको छ । हालसम्म आठ लाख ७२ हजार २७४ जनामा कोरोना परीक्षण गरिएको छ । क्वारेटिनमा रहेका व्यक्तिको सङ्ख्या सात हजार ८२० छ”- प्रवक्ता गौतमले भने ।  

प्रवक्ता गौतमले कोभिड–१९ मुक्त हुने दर ७१.५ प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिरहा, सुनसरी, मकवानपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगु छन् । 

गत २४ घण्टामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या आठ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३७९ जना पुगेको छ । हालसम्म देशभरि जम्मा सङ्क्रमित सङ्ख्या १६ हजार २४२ छ । 

आजसम्मको तथ्याङ्क हेर्दा विश्वमा दुई कुरोड ९७ लाख ३४ हजार १०४ व्यक्तिमा कारोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये निको हुनेको सङ्ख्या दुई करोड १५ लाख ४६ हजार ४५६ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू