बिहीबार, वैशाख २०, २०८१
22:51 | ०३:३६

कोरोनाबाट विश्वमा ९ लाख ३९ हजार बढीको मृत्यु

रासस / एएफपी सेप्टेम्बर १६, २०२०

जेनेभा, स्वीट्जरल्याण्ड–विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

सङ्क्रमितहरु मध्ये ६० हजार ९१५ जनाको अवस्था गम्भीर छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्ष डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा ६७ लाख ७८ हजार १४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख ६८ हजार ८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १९७ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ५० लाख २० हजार ३५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३९ लाख ४२ हजार ३६० कोरोना भाइरस मुक्त भएका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४३ लाख ८४ हजार २९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३६ लाख ७१ हजार १२८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३३ हजार २०७ जनाको मृत्यु भएको छ । रुस १० लाख ७३ हजार ८४९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ८४ हजार ३०५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ७५० जनाको मृत्यु भएको छ ।

पेरुमा ७ लाख ३८ हजार २० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८० हजार ७५३ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ९२७ जनाको मृत्यु भएको छ । कोलम्बिया ७ लाख २८ हजार ५९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख ७ हजार ९७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार २८८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ७६ हजार ४८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८१ हजार ६८ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६७८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ५१ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८३ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ६४१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ६ लाख ३ हजार १६७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३० हजार ४ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ५ लाख ७७ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३८ हजार ८८३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ८५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू