शुक्रबार, वैशाख १४, २०८१
22:17 | ०३:०२

‘कोभिड १९’ बाट ज्यान गुमाउने ९ लाख ३२ हजार बढी

रासस-एएफपी सेप्टेम्बर १५, २०२०

पेरिस । विश्वभर कोरोना भाइरस संक्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार दिएको जानकारी अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना सङ्क्रमित भएका छन् । यद्यपी विश्वभर संक्रमितमध्ये  दुई करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ३३ हजार १११ संक्रमितहरुको उपचार भइरहेको छ । जसमध्ये ६० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अमेरिकामा ६७ लाख ४९ हजार  २८९ जनामा कोरोना भाइरसका संक्रमित छन् । यहाँ ४० लाख २७ हजार  ८२६ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ९९ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा ४९ लाख ३० हजार २३६ जना कोरोना भाइरस संक्रमित छन् । जहाँ  ३८ लाख ५९ हजार ३९९ कोरोनामुक्त भएका छन् भने  ८० हजार ८०८ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ४३ लाख ४९ हजार ५४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३६ लाख  १३ हजार १८४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३२ हजार ११७ जनाको मृत्यु भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू