शुक्रबार, वैशाख ७, २०८१
14:13 | १८:५८

प्रभु गुरुङ र सृजनाको ‘पोखरेली तमुस्यो’ म्यूजिक भिडियो सार्वजनिक

पोखरेली तमुस्यो हजुर राम्री भन्छन् सबैले

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२०

लन्डन । टम्पशेर राई र सुनिता थेगिमको स्वरमा सजिएको ‘पोखरेली तमुस्यो’ बोलको गीतको म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । राम प्रसाद गुरुङको शब्द सृजना रहेको यस गीतमा टम्पशेर राईको संगीत छ ।

पुप्रण प्रोडक्सन (राम र अरुणा गुरुङ) को प्रस्तुति रहेको यस गीतको म्यूजिक भिडियोमा सन् २०१७ की मिस यूके सिर्जना गुरुङ र निर्देशक तथा कोरोयोग्राफर प्रभु गुरुङको अभिनय छ ।

लन्डनस्थित नर्थला फिल्ड र भर्जिनिया वाटरमा छायांकन गरिएको म्यूजिक भिडियोमा नेपालकै जस्तो रमणीय दृश्य देख्न सकिनेछ । सुमन श्रेष्ठ र अनुराग श्रेष्ठको छायांकनमा तयार उक्त भिडियो निर्देशन तथा कोरोयोग्राफी प्रभु गुरुङको छ । त्यस्तै मेकअपमा पुष्पा गुरुङ र भिडियो सम्पादनमा सुशील गुरुङको भूमिका छ ।

म्यूजिक भिडियो हेर्नुहोस्-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू