शनिबार, वैशाख १५, २०८१
21:03 | ०१:४८

प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु

रासस सेप्टेम्बर ४, २०२०

चितवन । चितवनमा कोभिड–१९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १. ४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

ती महिलाको बिहीबार राति मात्रै डा. शीतल अधिकारी र डा. लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो ।

श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी भदौ ११ गते मेडिकल कलेज भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू