बिहीबार, वैशाख १३, २०८१
12:35 | १७:२०

राहत लिएर गृहमन्त्री थापा ढोरपाटनमा

बाढी र पहिरोका कारण १४ जनाको मृत्यु

रासस सेप्टेम्बर ४, २०२०

बाग्लुङ । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ ।

मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुग्नुभएको हो ।

तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईले जानकारी दिनुभयो ।

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको थियो । बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ, धेरै बेपत्ता छन् । त्यहाँ ३० बढी घर बगाएको बताइएको छ । सडक क्षतविक्षप्त भएर गाडीसमेत आवागमन हुन सकेको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू