शुक्रबार, वैशाख १४, २०८१
04:31 | ०९:१६

कोरोना अपडेटः विश्वमा आठ लाख ७३ हजार बढीको मृत्यु

रासस-एएफपी सेप्टेम्बर ४, २०२०

पेरिस । विश्वभर कोरोना भाइरस संक्रमणबाट ८  लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । 

संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा एक करोड ८६ लाख ६५ हजार ७३७ संक्रमित कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ६९ लाख ३६ हजार ५४६ संक्रमितहरुको उपचार भइरहेको पनि संगठनले जानकारी दिएको छ । जसमध्ये ६० हजार ७८५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अमेरिकामा ६३ लाख ३५ हजार २४४ जनामा कोरोना भाइरसका संक्रमित रहेकोमा ३५ लाख ७५ हजार  ९६ जना भाइरसमुक्त भएका छन् भने १ लाख ९१ हजार ५८ व्यक्तिको मृत्यु भइसकेको छ ।

ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना भाइरस संक्रमितम छन् । जहाँ ३२ लाख ४७ हजार ६१० कोरोना भाइरस मुक्त भएका छन् र १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ ।  

भारतमा ३९ लाख ३६ हजार ७४७ जना कोरोना भाइरस संक्रमित छन् । यहाँ  ३० लाख ३७ हजार १५१ भाइरस मुक्त भएका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू