बुधबार, वैशाख १२, २०८१
18:43 | २३:२८

कोरियामा पहिलो पटक नेपालीलाई कोरोना संक्रमण

नेपालीलाई पहिलो पटक कोरोना संक्रमणको पुष्टि

रासस सेप्टेम्बर ३, २०२०

फाइल फोटो न्यूयोर्क टाइम

सोल, १८ भदौ- दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत दुई नेपालीसहित अन्य १८ सङ्क्रमित पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

उक्त कम्पनीमा कार्यरत २० वर्षीय नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षण गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँग सम्पर्क भएको ठानिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू