शुक्रबार, वैशाख ७, २०८१
19:17 | ००:०२

कोरोनाबाट विश्वभर दुई करोड ५० लाख बढी सङ्क्रमित

रासस-एएनआई-सिन्ह्वा अगस्ट ३०, २०२०

मेरिल्याण्ड, १४ भदौ–कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ५० लाखभन्दा बढी भएको छ । जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभरी कुल सङ्क्रमितको संख्या दुई करोड ५० लाख नौ हजार २५० पुगेको हो ।

कुल सङ्क्रमितमध्ये आठ लाख ४२ हजार ७०२ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी सङ्क्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै छन् ।

पछिल्लो विवरण अनुसार अमेरिकामा ६१ लाख ३९ हजार ४६६ जना सङ्क्रमित भएका छन् भने एक लाख ८६ हजार ८५७ जनाको मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना सङ्क्रमित हुदाँ एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ ।

त्यस बाहेक धेरै सङ्क्रमित भएका देशहरुमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू