शुक्रबार, वैशाख १४, २०८१
21:41 | ०२:२६

एकैदिनमा सबैभन्दा बढी संक्रमित हुने मुलुक बन्यो भारत

पछिल्लो २४ घण्टामा ७८ हजार ७ सय ६१ जना संक्रमित

रासस अगस्ट ३०, २०२०

नयां दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरूको सङ्ख्या वृद्धि हुँदैगएको छ । सरकारी अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन्

भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७ सय ६१ जना कोरोनाभाइरसबाट संक्रमित  भएको जनाएको छ। मन्त्रालयले आइतबार बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै भारतका कुल संक्रमितहरूको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको

पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या ९ सय ४८ रहेको उल्लेख  भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये सात लाख ६५ हजार ३ सय २ जना अझै पनि संक्रमित  अवस्थामै रहेका छन्

कूल संक्रमितमध्ये २७ लाख १३ हजार ९ सय ३४ जना भने संक्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४ सय ९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको

कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरूको सूचीमा रहेको भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४ सय ६७ जना संक्रमित  भएको अधिकारीहरूले जानकारी दिएका छन् त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश कर्नाटक प्रदेश क्रमशः रहेका छन्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू