शनिबार, २६ सेप्टेम्बर, २०२६
03:29 | ०८:१४

एकैदिनमा सबैभन्दा बढी संक्रमित हुने मुलुक बन्यो भारत

पछिल्लो २४ घण्टामा ७८ हजार ७ सय ६१ जना संक्रमित

रासस अगस्ट ३०, २०२०

नयां दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरूको सङ्ख्या वृद्धि हुँदैगएको छ । सरकारी अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।

भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७ सय ६१ जना कोरोनाभाइरसबाट संक्रमित  भएको जनाएको छ। मन्त्रालयले आइतबार बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै भारतका कुल संक्रमितहरूको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ ।

पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या ९ सय ४८ रहेको उल्लेख छ । भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये सात लाख ६५ हजार ३ सय २ जना अझै पनि संक्रमित  अवस्थामै रहेका छन् ।

कूल संक्रमितमध्ये २७ लाख १३ हजार ९ सय ३४ जना भने संक्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४ सय ९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरूको सूचीमा रहेको भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४ सय ६७ जना संक्रमित  भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू