शुक्रबार, वैशाख ७, २०८१
05:58 | १०:४३

रेष्टुरेन्ट भत्किँदा कम्तीमा १७ जनाको मृत्यु

रासस/सिन्ह्वा अगस्ट २९, २०२०


ताइयुआन, १३ भदौ – उत्तर चीनको शाङ्सी प्रान्तको लिन्फेन शहरमा शनिबार एउटा रेस्टुरेन्ट रहेको भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दुर्घटना शनिबार बिहान जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँको एउटा रेस्टुरेन्ट रहेको भवन आंशिकरूपमा भत्किँदा उक्त मानवीय क्षति भएका हो ।

भवनको भग्नावशेषमा फसेका कम्तीमा ४५ जनालाई साझ सात बजेसम्म उद्धार गरिएको थियो । घटनामा सात व्यक्ति गम्भीर घाइते भएका छन् भने अन्य २१ जनालाई सामान्य चोट लागेको उद्धारमा सम्लग्न स्थानीयले बताएका छन् ।

भवनको भग्नावशेषमा च्यापिएको हुनसक्ने अनुमानसहित उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू