शनिबार, वैशाख १५, २०८१
23:12 | ०३:५७

को होला आबेको उत्तराधिकारी ?

रासस-एएफपी अगस्ट २९, २०२०

शिन्जो आबे

टोकियो, १३ भदौ–जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को हुन सक्छ भन्ने कुरा चर्चामा छ । विकल्प तयार भइसकेको देखिँदैन । यहाँ केही सम्भावित उम्मेदवारहरूको पार्टीगत भूमिकाबारे चर्चा गरिएको छ ।

तारो एसो
वित्तमन्त्री र उप प्रधानमन्त्रीको रूपमा दोहोरो जिम्मेवार सम्हाल्दै आएका ७९ वर्षीय तारो एसो लिबरल डेमोक्र्याटिक पार्टीको पाका नेता भएपनि सम्भावित उत्तराधिकारी हुन सक्छन् । आवेका निकट सहयोगी एसोले सन् २००८ देखि सन् २००९ सम्म प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । तर, उनले सन् २०१२ देखि उपप्रधानमन्त्री र वित्तमन्त्रीका रूपमा काम गर्दै आएका छन् ।

सन् २००९ मा सत्ताधारी एलडीपी पार्टीले नराम्रो पराजय व्यहोरेसँगै एसोले प्रधानमन्त्रीको पद त्याग्नुपरेको थियो । लामो समयदेखि उनले उच्च पदमा पुग्ने आशा राखेपनि आवेको आर्थिक सुधारको नाराले उनी छायाँमा पर्दै आएका छन् । उनको लामो राजनीतिक जीवन बुढापाका व्यक्तिमा सरकारी लगानी खेर फाल्नु नहुने भन्ने विवादास्पद भनाइका कारण बारम्बार छायाँमा परेको छ । उनले संवैधानिक सुधार गर्ने समय जर्मनी नाजीबाट सिकेर सरकारी लगानीलाई जोगाउनु पर्ने भनि दिएको प्रतिक्रियाले एलडीटीमा ठूलै विवाद ल्याएको थियो । उनले सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका वेला व्यापक आर्थिक प्रोत्साहनको कार्यक्रम ल्याएका थिए ।

शिगेरू इशिबा
पूर्व रक्षामन्त्री शिगेरू इशिबा एक सैन्यकुशल क्षमता भएका नेता मानिन्छ । पप संगीतको फ्यान भएका कारण युवाजगतमा उनी लोकप्रिय छन् । पुरानो बैंकर तथा राजनीतिक परिवारका सदस्यसमेत रहेका इशिबाको सरकार सञ्चालनमा महत्वपूर्ण अनुभव छ । उनलाई जापानको राजनीतिक क्षेत्रमा प्रखर वक्ताको रूपमा हेरिन्छ । उनी केवल २९ वर्षमा जापानको संसद सदस्यमा निर्वाचित भएका हुन् । आबेले जस्तै इशिबालाई आफ्नो कार्यक्रमको सशक्त प्रतिवाद गर्न सक्ने नेताका रूपमा लिइन्छ । उनी संविधानमा देशको आत्मरक्षा बलको भूमिका शान्तिपूर्णरूपमा अझ मजबुत बनाउन चाहन्छन् ।

जापानले आफ्नो माटोमा आणविक हतियार निषेध गर्ने नीतिमा पुनर्विचार गर्नुपर्दछ कि हुँदैन भन्ने कुरामा उनी मध्यम धारको धारणा राख्ने व्यक्ति हुन् । उनले पनि लामो समयसम्म मन्त्री परिषद्मा काम गरेको अनुभव छ । आबेको सफलतामा जनसमर्थन त प्रमुख थियो नै उनका मन्त्रीहरूको पनि उत्तिकै अहम् भूमिका थियो ।

कुनै समय एलडीपीकबाट अलग भएका इशिबा दलकै सांसदहरूबीच कमै लोकप्रिय मानिन्छन् । उनले सन् २०१८ मा एलडीपीको तर्फबाट सरकारको नेतृत्वका लागि भएको निर्बाचनमा भारी मतले आवेसँग पराजित भएका थिए । इशिबाले कुनै समय दल परित्याग गरेको भएपनि एलडीपीले उनको क्षमताको मूल्याङ्कन गर्दै महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

योशिहिदे सुगा
आबेको पहिलो कार्यकाल पछि विश्वाशिलो सल्लाहकारको रूपमा राष्ट्रिय प्रतिष्ठा कमाएका ७१ वर्षीय योशिहिदे सुगा प्रधानमन्त्रीका अर्का बलिया दावेदार मान्न सकिन्छ । सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्केपछि उनले सुगालाई मन्त्रीपरिषद्को मुख्य सचिव नियुक्त गरेका थिए । जापानमा मन्त्रीपरिषद्को मुख्य सचिवलाई एक शक्तिशाली पद मानिन्छ । मुख्य सचिवले सरकारी मन्त्रालयहरू र सत्तापक्षको प्रयासलाई समन्वय गराउने गर्छ । उनी प्रायः सरकारको अनुहार पनि थिए । नियमित पत्रकार भेटमा सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्न तथा नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने रेवा युगको घोषणा गर्ने कामको नेतृत्व आवेले सुगालाई नै दिएका थिए ।

वंश राजनीतिको पृष्टभूमिबाट आएका नेता र पूर्व टेक्नोक्रयाटहरूले भरिएको सत्ताधारी पार्टीमा उनी किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता हुन् । सुगाले आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिरेका थिए जहाँ उनले रात्रिकालिन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै अध्ययन पूरा गर्नुपरेको थियो । उनी सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित भएका थिए भने सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित भए ।

फुमिओ किशिदा
अहिले सत्तारुढ पार्टीको नीति प्रमुखको रूपमा काम गर्ने पूर्व विदेशमन्त्री फुमिओ किशिदा प्रधानमन्त्रीका अर्का दावेदार छन् । उनलाई प्रायः आबेको मनपर्ने नेता तथा प्रवल उत्तराधिकारीका रूपमा हेर्ने गरिएको छ । तर, उनको नरम बोली र करिश्माको अभाव उत्तराधिकारीको सम्भावित अवरोधका रूपमा आउनसक्ने बताइन्छ ।

किशिदाको पहलमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामालाई प्रथम विश्वयुद्धका समय अमेरिकाद्वारा खसालिएको अणुवमका कारण ध्वस्त भएको शहर हिरोसिमामा ल्याउने साहसी तथा नवीन कार्यका लागि ख्याति कमाएका छन् । त्यस पहिले अमेरिकी राष्ट्रपतिका हैसियतमा कसैले पनि हिरोसिमामा पाइला हालेको थिएन । उनकै समन्वयमा जापान र दक्षिण कोरियाबीच सन् २०१५ मा भएको राजनीतिक सम्झौता भएको मानिन्छ । उनी हिरोसिमाबाट निर्वाचित प्रतिनिधि हुन् । सम्झौताको उद्देश्य जापानको कब्जाको क्रममा यौन दासहरुको प्रयोगलाई लिएर ती मुलुकहरुबीचको लामो समयदेखि चलिरहेको विवाद समाप्त गर्नु हो ।

तारो कोनो
रक्षामन्त्री तारो कोनो कुनै समय महत्वाकांक्षी र स्वतन्त्र विचारधारा भएका राजनीतिक सुधारक मानिन्थ्यो । तर, ५७ वर्षीय नेता कोनो हालका वर्षहरूमा आबेको मन्त्रिपरिषद्को एक महत्वपूर्ण सदस्यको रूपमा आफ्नो विचारलाई त्यागेको पाइन्छ । कुनै समय बेलायत अधिनस्थ रहेको जर्जटाउनमा आफ्नो उच्च शिक्षा हाँसिल गरेका कोनो रक्षामन्त्री हुनुअघि सरकारमा सुधारको पक्षमा वकालत गर्ने मन्त्रीको रूपमा चिनिन्छ । उनले जापानको शीर्ष कूटनीतिज्ञको रूपमा विभिन्न देश र उच्च अधिकारीसँग व्यक्तिगतसम्बन्ध जोड्ने मौका पनि पाएका छन् । यस पहिले सन् २०१७ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनको दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि समन्वयकारी भूमिका रहेको मानिन्छ ।

हालका वर्षहरूमा उनले सरकारको आधिकारिक समर्थन दिएर आणविक शक्तिसँगको आफ्नो उत्कट विरोधबारे छलफल गर्न धेरै हदसम्म रोकेका छन् र आफ्नो स्वतन्त्र छविको बाबजुद उनी एसो र सुगा दुबैको विश्वास जित्न सफल मानिन्छन् । कोनोले जापानी र अंग्रेजीमा व्यक्तिगत ‘ट्विटर अकाउन्ट’ सञ्चालन गरी सामाजिक सञ्जालमा राम्रो उपस्थितिबाट आफूलाई अन्य नेताभन्दा नागरिकसँग बढी साक्षात्कार गराई भिन्न देखाउने प्रयास गर्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू