शुक्रबार, चैत १६, २०८०
10:25 | १६:१०

कोभिड खोप खरिद गर्न युरोपेली आयोगले गरयो सम्झौता

रासस-सिन्ह्वा अगस्ट २८, २०२०

निकोसिया । युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको छ ।

उक्त खोप बनाएको भनिएको फर्मास्युटिकल कम्पनी ‘आस्ट्रा जेनेका’ सँग आयोगले सो सम्झौता गरेको हो ।

युरोपेली आयोगका स्वास्थ्य तथा खाद्य सुरक्षासम्बन्धी प्रमुख स्टेला क्रियाकिदेशले उक्त कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा बिहीबार सम्झौता गरेका हुन् ।

प्रमुख क्रियाकिदेशले उक्त कम्पनीसँग खोप खरिद गर्ने विषयमा आफूले सम्झौतामा हस्ताक्षर गरेको एक टेलिभिजन सम्बोधनका क्रममा जानकारी दिएका हुन् । सो सम्बन्धी सम्झौतापत्रमा बिहीबार आयोगको कार्यालय परिसरमा नै हस्ताक्षर भएको पनि उनले बताए ।

यो सम्झौता पत्रमा उक्त कम्पनीसँग युरोपेली आयोगले ३० करोड खोप किन्ने बारेमा सहमति गरेको हो । उक्त खोप युरोपेली युनियनले खरिद गर्न सक्नेछ । सम्झौता पत्रमा उक्त खोपहरु युरोपेली युनियनका सदस्य राष्ट्रहरुले नै खरिद गर्न पाउने छन् । उक्त कम्पनीले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर सो खोप उत्पादन गर्ने बताएको हो । यो खोप कोरोना भाइरसका विरुद्धमा दिइने छ ।

उक्त खोप ‘ट्रायल’ मा छ । कोभिड १९ का खोप अरु देशहरुले पनि विकास गरिरहेको बताएका छन् तर पनि अरुभन्दा यो बढी प्रभावकारी देखिएको बताइन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू