शुक्रबार, चैत १६, २०८०
11:22 | १७:०७

स्पेनमा कोरोना संक्रमितका लागि सेना परिचालन

नेपाली लिङ्क अगस्ट २६, २०२०

फोटो ट्रुथ फोर फिक्सन

लन्डन । स्पेनले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सेना परिचालन गर्ने भएको  छ ।

कोरोना प्रभावित क्षेत्रमा संक्रमित व्यक्तिको पहिचान गरि तिनीहरुको उचित व्यवस्थापनका लागि दुई हजार सेना परिचालन गर्न लागिएको हो ।

संक्रमणबाट बढी प्रभावित क्षेत्रमा ‘ट्रयाक’ गर्न प्रशिक्षित सेना परिचालन गरिने स्पेनिस प्रधानमन्त्री पेड्रो साञ्चेजले बताएका छन् ।

कोरोना भाइरस संक्रमित ‘ट्रेस’ गर्ने दक्ष जनशक्तिको अभावमा संक्रमणको दोस्रो तरङ्ग देखिएको स्वास्थ्यविद्हरूले गुनासो गर्दै आएका छन् ।

हाल स्पेनमा ४ लाख  २३ हजार भन्दा बढी कोरोनाका संक्रमित रहेका छन् । यसैगरी कोरोनाबाट करिब २९ हजारको मृत्यु भैसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू