शुक्रबार, वैशाख ७, २०८१
06:48 | ११:३३

नेपालमा कोरोनाबाट थप ८ सय ८५ संक्रमित, ११ को मृत्यु

काठमाडौँ उपत्यकामा ३०१

रासस अगस्ट २६, २०२०

काठमाडौं । काठमाडौँ उपत्यकामा ३०१ सहित देशभरमा ८८५ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ५८६ पुरुष र २९९ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ ।

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरका १८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार २५३ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ३५ हजार २५२ नमूना परीक्षण भइसकेको छ ।

देशभर गरी पछिल्लो २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म घर फर्कनेको सङ्ख्या १९ हजार ५०४ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६६ दशमलव छ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या नौ हजार ८३२ रहेको छ । देशभर जम्मा १४ हजार ७३९ सक्रिय सङ्क्रमितमध्ये आठ हजार ७११ संस्थागत आइसोलेसन र छ हजार २८ होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार २६२, प्रदेश २ मा एक हजार ८८१, बाग्मती प्रदेशमा तीन हजार ३९, गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ७९४, कर्णाली प्रदेशमा ३५४ र सुदुर पश्चिम प्रदेशमा ९९४ रहेका छन् । त्यस्तै, होम आइसोलेनमा प्रदेश १ मा ३२२, प्रदेश २ मा तीन हजार ६७५, बाग्मती प्रदेशमा एक हजार ४९९, गण्डकी मा १८, प्रदेश ५ मा ४५४, कणार्ली प्रदेशमा २७ र सुदुर पश्चिम प्रदेशमा ७३३ रहेका छन् ।

देशभरमा गरी १५१ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा १६, प्रदेश २ मा ४४, बाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा तीन र प्रदेश ५ मा १७ जना आइसियूमा रहेका छन् । प्रदेश १ मा एक जना र बाग्मती प्रदेशमा १३ गरी १४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा एक हजार ३६ कल प्राप्त भएको पनि डा. गौतमले बताए । मन्त्रालयको एप्स डाउनलोड गर्नेको सङ्ख्या एक लाख ७३ हजार ३६० छ । अहिलेसम्म स्वमूल्याङ्कन फारम भर्नेको सङ्ख्या ७६ हजार ७४७ छ भने रेड जोनमा पर्नेको सङ्ख्या ५८३ छ ।

पछिल्लो २४ घण्टामा देशरभका ४४ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् । प्रदेश १ मा खोटाङमा एक, झापा १६, तेह्थुम आठ, पाँचथर चार, मोरङ १३ र सुनसरी ५३ छ । प्रदेश २ मा धनुषामा ४३, पर्सा एक, बारा २४, महोत्तरी १८, रौतहट २०, सप्तरी एक, सर्लाही १२० र सिराहा तीन छन् । त्यस्तै, बाग्मती प्रदेशमा काठमाडौँमा २३०, ललितपुर ४७, भक्तपुर २४, काभ्रेपलाञ्चोक २१, चितवन ४२, दोलखा दुई, धादिङ एक, मकवानपुर २४, रामेछाप एक र सिन्धुपाल्चोकमा एक सङ्क्रमित पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा कास्की चार, गोरखा एक, नवलपरासी पूर्व सात, लमजुङ २३ सङ्क्रमित, प्रदेश ५ मा अर्घाखाँचीमा एक, कपिलवस्तु चार, दाङ १६, नवलपरासी दुई, प्युठान २२, बर्दिया एक, बाँके चार, रुपन्देही १९ र रोल्पामा एक सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा जाजरकोट, दैलेख र सल्यानमा एकएक जना, सुर्खेत सात फेला परेका छन् भने सुदुर पश्चिममा कञ्चनपुरमा दुई, कैलाली २९, डढेलधुरा दुई, डोटी दुई र अछाममा २० सङ्क्रमित फेला परेका छन् ।

थप ११ को मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ११ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ । पछिल्लो बिवरणअनुसार, मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् । मृत्यु हुनेमा मोरङ र भक्तपुरका एकएक महिला छन् । पछिल्लो २४ घण्टामा मृत्यु भएका पुरुषमा महोत्तरीका तीन कैलालीका दुई, बाराका दुई, बाँके र काठमाडौँका एक पुरुष छन् ।

छ जिल्लामा ५०० बढी सङ्क्रमित, दुईमा सून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने दुई जिल्लामा सून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, रौतहट, बारा, सर्लाही महोतरी र काठमाडौँ रहेका छन् । त्यस्तै, हाल सङक्रमितको सङ्ख्या सून्य रहेका जिल्लाहरुमा मुस्ताङ र हुम्ला छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू