शनिबार, वैशाख ८, २०८१
05:36 | १०:२१

अमेरिकी र बेलायती विदेशमन्त्रीबीच इजरायलमा भेटवार्ता

रासस-एएनआई अगस्ट २५, २०२०

तेल अविव, इजरायल, ९ भदौ- संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भेटवार्ता गर्नु भएको छ । उहाँहरुबीच सोमबार इजरायलको जेरुसेलममा भेटवार्ता भएको बताइएको छ ।

उहाँहरुबीचको सो वार्तामा दुई देशबीचको विदेश नीतिको प्राथमिकताका साथै आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच इजरालयमा भेटवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भन्नुभएको छ- ‘विदेशमन्त्री पोम्पेओ र बेलायती विदेशमन्त्री राबबीच द्धिपक्षीय वार्ता भएको र त्यस क्रममा उहाँहरुबीच इरानका कारणले त्यस क्षेत्रमा पारेको प्रभावका बारेमा पनि कुरा भएको थियो ।’

साथै सो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति विचार (पिस भिजन) का बारेमा पनि कुराकानी भएको सो विज्ञप्तिमा जानकारी दिइएको छ । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री पोम्पेओ इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमणका क्रममा निस्किनुभएको हो । उहाँ सोमबार इजरायलमा हुनुहुन्थ्यो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ यही अगष्ट २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमणका लागि निस्किनुभएको थियो ।

भ्रमणका क्रममा उहाँले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्नुभएको छ । त्यस्तै उहाँले सुडानका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्नुहुने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू