मंगलबार, वैशाख ११, २०८१
11:01 | १५:४६

भारतमा एक पत्रकारको गोली हानि हत्या

रासस-एएनआई अगस्ट २५, २०२०

फाइल फोटो

बालिया, उत्तरप्रदेश । ९ भदौ- भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको छ ।

पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्याको बारेमा अनुसन्धान शुरु भएको पनि जानकारी दिएको छ ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको बताएको छ ।

हत्या गरिएका पत्रकारका पिताले भने सोही गाउँका प्रमुख झबर सिंहले आफ्नो छोराको हत्या गरेको बताएका छन् । उनले तिनै गाउँले प्रमुखले नै यसअघि आफ्नो जेठो छोराको पनि हत्या गरेका बताएका छन् ।

बालिया जिल्लाका प्रहरी प्रमुख देवेन्द्रनाथले हत्यामा संलग्न जो सुकैलाई पनि कानुनी कारबाही गरिने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू