शनिबार, वैशाख ८, २०८१
12:06 | १६:५१

प्रधानमन्त्री मोदीद्वारा पूर्व प्रधानमन्त्री गान्धीप्रति श्रद्धाञ्जलि

रासस-एएनआई अगस्ट २०, २०२०

नयाँ दिल्ली । ४ भदौ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गान्धीको ७६ औँ जन्म दिनको अवसरमा प्रधानमन्त्री मोदीले उहाँको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि दिनुभएको हो ।

प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटर अकाउन्टमार्फत उहाँलाई श्रद्धाञ्जलि दिनुभएको भारतीय मिडियाले जनाएका छन् ।

सन् १९४४ अगष्ट २० मा जन्मिनुभएका भारतीय काँग्रेस पार्टीका नेता राजिव गान्धी सन् १९८४ मा भारतको प्रधानमन्त्री बन्नुभएको थियो । उहाँ भारतको सबैभन्दा कम उमेरका प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । सन् १९९१ को मेमा उहाँको हत्या भएको थियो ।

उहाँलाई आज भारतीय काँग्रेसले पनि स्मरण गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू