बिहीबार, चैत १५, २०८०
12:27 | १८:१२

कोरोना संक्रमितको संख्या दुई करोड २० लाख पुग्यो

रासस-एएनआई अगस्ट १९, २०२०

मेरील्याण्ड । कोरोनाभाइरसबाट विश्वभर संक्रमित भएकाहरुको संख्या दुई करोड २० लाख पुगेको छ । 

जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभर अहिलेसम्म दुई करोड १९ लाख ८७ हजार २०७ जना संक्रमित भएका छन् । 

कुल संक्रमितमध्ये सात लाख ७७ हजार १८ जनाको मृत्यु भइसकेको विश्वविद्यालयले जनाएको छ । 

सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा अहिलेसम्म ५४ लाख ८० हजार ४८७ जना संक्रमित भएका छन् भने एक लाख ७१ हजार ६३६ जनाको मृत्यु भएको छ । 

अमेरिकापछि दोस्रो धेरै प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३३ लाख ५९ हजार ५७० जना संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ५३६ जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत मार्च ११ देखि विश्वभर कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । विश्वभरी दैनिक संक्रमितको संख्या बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि बढ्दै गएको छ ।

दक्षिण एसियामा भारतमा सबैभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार भारतमा करिब २७ लाख ६९ हजार संक्रमित भएका र तीमध्ये ५३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू