बिहीबार, चैत १५, २०८०
13:30 | १९:१५

फिलिपिन्समा ६.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

रासस–एपी अगस्ट १८, २०२०


मनिला, २ भदौ–– मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् ।

फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको थियो ।

मास्बेट प्रान्तीय प्रशासक रिनो रिभालोले काटाइगानमा सडकहरुमा धाँजा फाटेको तथा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले प्रभावित क्षेत्रहरुमा प्रहरी, सेना र अन्य उद्धारकर्मीहरु परिचालन भइसकेको पनि बताउनुभयो । उक्त भूकम्पको धक्का मध्य भिसायास क्षेत्रका विभिन्न प्रान्तमा अनुभव गरिएको थियो ।

प्रशान्त महासागरीय राष्ट्र फिलिपिन्स भूकम्पीय जोखिममा रहँदै आएको छ । सन् १९९० मा उत्तर फिलिपिन्समा आएको शक्तिशाली ७.७ म्याग्नीच्यूडको भूकम्पबाट झण्डै दुई हजार व्यक्तिको ज्यान गएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू