शनिबार, वैशाख ८, २०८१
11:11 | १५:५६

लण्डनमा बन्यो कोभिड १९ विषयवस्तुमा ‘सर्ट मूभी’

'शून्य' को एकल पात्रमा ध्रुवदत्तको अभिनय

नेपाली लिङ्क अगस्ट १७, २०२०

लण्डन । कोभिड १९ का कारण बिदेशमा रहेका नेपालीले भोग्नु परेको समस्यालाई विषयवस्तु बनाएर लण्डनमा एउटा सर्ट मूभी बनाइएको छ । १० मिनेट लामो उक्त मूभी सेप्टेम्बरमा रिलिज गर्ने योजना छ ।

‘शून्य’ शिर्षकको सो सर्ट मूभीमा एकजना मात्र पात्र अभिनेता ध्रुव दत्तले अभिनय गरेका छन् ।

सनमकुमार वैरागको पटकथा, सम्पादन र निर्देशनमा बनेको सर्ट मूभीको छायांकन शन्तकुमार राईले गरेका छन् ।

‘शून्य’ को कथा कथाकार गोपी सापकोटाले लेखेका हुन् । सापकोटाको यो पहिलो मूभी हो । उनी विगत एक दशकदेखि बेलायत बस्दै आएका कवि तथा नाटककार हुन् ।

‘यो एउटा प्रयोग पनि हो । हामीले यो चलचित्रमा केही नयाँ गर्ने कोशिस गरेका छौं’-सापकोटाले भने ।

एकल पात्र भएकाले आफूले धेरै मेहनत गरेको नायक दत्तले बताए ।

‘हामी सबैले मेहनत गरेका छौं, मेरो विचारमा फिल्म राम्रो बन्छ’- निर्देशक सनमकुमार बैराग भन्छन् ।

कोरोना भाइरसको चपेटामा निर्देशक बैराग पनि परेका छन् । ‘लकडाउन’ का कारण बेलायतमै निर्माण भएको उनी निर्देशित ‘कैदीको पत्र’ रिलिजमा ढिलाई भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू