बिहीबार, कार्तिक ४, २०७८
16:19 | २१:०४

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

रासस-एएनआई अगस्ट १६, २०२०

फोटो सीबीएस न्यूज

वासिङ्टन, ३२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उहाँले देहत्याग गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।

आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उहाँले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गर्नुभएको छ । उहाँले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गर्नुभएको छ ।

उहाँले भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रो भएको र चाडै उसँग फेरी भेट हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । भाइको याद मनभरी ताजा रहिरहने उल्लेख गर्दै उहाँले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गर्नुभएको छ । पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहनुभएका राष्ट्रपतिका भाई रोबर्ट ७२ बर्षको हुनुहुन्थ्यो । उहाँको रोग र समस्याका बारेमा भने सार्वजनिक गरिएको छैन ।

उहाँ ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय हुनुहुन्थ्यो भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वास पात्र हुनुहुन्थ्यो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू