मंगलबार, वैशाख ४, २०८१
10:21 | १५:०६

बेलायतद्वारा थप ९ करोड डोज कोरोना खोप लिने सम्झौता

अब बेलायतसंग ३४ करोड डोज सञ्चित

नेपाली लिङ्क अगस्ट १४, २०२०
लन्डन । बेलायत सरकारले कोरोना भाइरसविरुद्धको खोप थप ९ करोड डोज लिन सम्झौता गरेको छ ।
बेल्जियन फर्मास्यूटिकल कम्पनी जेनसीन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सले विकास गरिरहेका कोभिड १९ विरुद्धको खोप बेलायतले लिने सम्झौता गरेको हो ।
यो सहित बेलायतले ६ विभिन्न अनुसन्धनात्मक खोप खरिद सम्झौता गरेपछि उससंग सञ्चित भण्डार (स्टकपाइल) मा ३४० मिलियन (३४ करोड) डोज हुनेछ । यति सञ्चित भएपछि बेलायतवासी प्रत्येकलाई ५ डोजका दरले खोप पुग्नेछ । सामान्यतया मानिसलाई दुई खोप भए पुग्छ ।
बेलायत सरकारकी भ्याक्सिन टाक्सफोर्सकी अध्यक्ष केट बिंगहमले बीबीसीसंग भनिन्, ‘अहिले विकसित भइरहेका खोपले काम गर्छन् गर्दैनन् हामीलाई थाहा छैन् । तर, बढि जोखिममा रहेका वर्गलाई दिन बेलायतसंग पर्याप्त खोप होस् भन्ने हाम्रो प्राथमिकतामा छ ।’
सरकारले नोभाभ्याक्सको यूकेमा तेश्रो चरणको परीक्षणका लागि र भौतिक पूर्वाधारमा सहयोग गर्ने बताइएको छ । ६० मिलियन डोज यहीं बनाउने योजना सरकारको छ । ब्रिटेनले अर्को ३० मिलियन डोज सम्झौता गरेको जेनसन फर्मास्यूटिकल कम्पनीलाई ‘ग्लोवल क्लिनिकल ट्रायल’ का लागि आर्थिक सहयोग गर्ने पनि जनाइएको छ ।
यदि उक्त खोप सुरक्षित र प्रभावकारी प्रमाणित भए अर्को वर्षको मध्यसम्ममा बेलायतमा उपलब्ध गराइने छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू