बिहीबार, वैशाख १३, २०८१
11:15 | १६:००

रुसले बनाएको खोप अक्टुबरदेखि फिलिपिन्समा परीक्षण

रासस / एएनआई अगस्ट १३, २०२०

मनिला । कोरोना भाइरसविरुद्ध रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ ।

चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए ।

परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए । फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको औषधी प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ ।

बहुचर्चित रुसी औषधी यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराएका थिए ।

रुसले बनाएको भनिएको औषधीले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशले औषधी किन्ने मागपत्र समेत पेश गरिसकेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू