शुक्रबार, वैशाख ७, २०८१
00:30 | ०५:१५

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

रासस-एएफपी अगस्ट १०, २०२०

पेरिस । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण विश्वभर सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि संगठनले जनाएको छ । सोमबारसम्म विश्वभर एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्वभर हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ जनामा कोरोना भाइरसका संक्रमित छन् । कोरोनाकै कारण अमेरिकामा एक लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४०४ जना कोरोना भाइरस संक्रमित छन् । यहाँ एक लाख ५९ हजार ७२९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख २० हजार ५१५ जना कोरोना भाइरस संक्रमित छन् र दुई लाख ३४ हजार ८४५ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ३६ हजार ७५२ जना कोरोना भाइरस संक्रमितको छन् भने दुई लाख ६ हजार १४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार ४७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ९ हजार ६३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३ हजार ३२४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण हुनाको साथै ३४० जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू