शुक्रबार, भदौ २८, २०८१
07:19
|
१२:०४
लेबनान विस्फोटमा ज्यान गुमाउनेको संख्या १३७
रासस-सिन्ह्वा
अगस्ट ६, २०२०
बेरुत-२२ साउन- लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।
करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी ५ हजार भन्दा बढी घाइते भएका बताइएको छ ।
यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताए ।
लेबनानका प्रधानमन्त्री हासान डीयाबले उक्त विस्फोटलाई देशको ठूलो विपत्ति भन्दै यसको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले एक टेलिभिजनमा सम्बोधन गर्दै घटनामा संलग्नहरुलाई कडा कारबाही गरिने र उनीहरुलाई उम्किन नदिइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्थाबारे जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको संचारमाध्यमहरुले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५