शनिबार, वैशाख ८, २०८१
12:06 | १६:५१

बेरुत विस्फोट: नेपाली सकुशल

रासस अगस्ट ६, २०२०

काठमाडौं । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ ।

‘बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ’-  बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।

यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजन साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानूभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् ।

मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १३७ जनाको मृत्यु हुनाका साथै ५ हजारभन्दा बढी घाइते भएका छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा लेवनानमा १२ हजारको हाराहारीमा नेपाली छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू