शुक्रबार, वैशाख ७, २०८१
07:41 | १२:२६

लेबनान विष्फोटमा एकसयको मृत्‍यु, ४ हजार घाइते (अपडेट)

नेपाली लिङ्क अगस्ट ४, २०२०

लन्डन । लेबनानको राजाधानी बेरुतमा मंगलबार भएको एक विष्फोटमा कम्तीमा एकसय जनाले ज्यान गुमाएका छन् ।

समुन्द्री बन्दरगाह नजिकै भएको विष्फोटमा परी ४ हजार बढी घाइते भएका छन् ।

सरकारी अधिकारीहरुले बन्दरगाह क्षेत्रमा रहेको एक वेयरहाउसमा स्टोर गरी राखिएको हाइली एक्सप्लोसिभ (उच्च विष्फोटक) पदार्थका कारण विष्फोट भएको बताएका छन् ।  

राष्ट्रपति मिसेल आउनले ठूलो परिमाणमा असुरक्षित तवरले विष्फोटक केमिकल स्टोर गरिएको भन्दै घटना अस्वीकार्य रहेको प्रतिकृया दिएका छन् ।  

विष्फोटपछि निकै बेरसम्म ठूलो आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । साँझ अबेरसम्म राजाधानी बेरुतको आकाश पूरै कालो देखिएको थियो ।  

घाइतेहरुको संख्या बढी रहेका कारण स्थानीय अस्पतालहरु समेत भरिभराउ भएको बीबीसीले जनाएको छ ।  

घटनालाई गम्भिरतापूर्वक लिंदै विष्फोटका सम्बन्धमा तत्काल उच्चस्तरीय छानबिन अघि बढाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू