शुक्रबार, वैशाख १४, २०८१
13:39 | १८:२४

अफ्रिकामा कोरोनाबाट पहिलो नेपालीको निधन, २२ संक्रमित

नेपाली लिङ्क अगस्ट ४, २०२०

जोहान्सबर्ग । अफ्रिकी महादेशको दक्षिण अफ्रिकास्थित जोहान्सबर्गमा कोरोनाबाट एक नेपाली युवाको निधन भएको पुष्टि भएको छ ।

पांचथर घर भएका ३४ वर्षीय नियालसन बोखिम लिम्बुको निधन कोरोनाका कारण भएको एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।

मृतक लिम्बु वासिङ पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए ।

अहिले दक्षिण अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्टमा नेपालीहरु संक्रमित हुने क्रम बढेको जनाइएको छ ।

हालसम्म अफ्रिकामा २२ नेपाली संक्रमित भएकामा १० जना निको भएर डिस्चार्ज भइसकेका छन् । हाल ११ जनाको उपचार भैरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू