शनिबार, वैशाख ८, २०८१
01:31 | ०६:१६

विश्वभर कोरोनाका कारण ६ लाख ९३ हजार बढीको मृत्यु

नेपाली लिङ्क अगस्ट ३, २०२०

 

लन्डन । विश्वभर कोरोना भाइरस संक्रमणका कारण ६ लाख ९३  हजार ७ सय १४ जनाको मृत्यु भएको वर्ल्डओमिटरद्वारा सोमबार बिहान जारी तथ्याँकमा उल्लेख छ ।

जस अनुसार सोमबारसम्म विश्वभर एक करोड ८२ लाख ५२ हजार २ सय ७५ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म १ करोड १४ लाख ५५ हजार ७ सय ८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभर ६१ लाख ३ हजार ३ सय ८१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र हाल उनीहरूको उपचार भइरहेको छ । संक्रमितहरूमध्ये ६५ हजार ७ सय ३५ जनाको अवस्था गम्भीर रहेको तथ्याँकमा उल्लेख छ ।

कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । वर्ल्डओमिटरकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६ सय ४७ जना कोरोना भाइरस संक्रमित छन् ।

कोरोनाबाट अमेरिकामा १ लाख ५८ हजार ३६५ व्यक्तिको मृत्यु भइसकेको छ ।

युरोपमा २९ लाख ५ हजार ३ सय ६१  जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ३ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ ।

एसिया ४४ लाख ६१ हजार २ सय ४८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यसैगरी एसियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ हजार ५ सय १४ पुगेको छ  ।

अफ्रिकामा ९ लाख ६१ हजार ४ सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ  भने २० हजार ३ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका पछि ब्राजिल पर्दछ ।

ब्राजिलमा कोरोनाबाट ९४ हजारभन्दा बढीको मृत्यु भैसकेको छ । यसैगरी पछिल्लो समयमा तेस्रो स्थान रहँदै आएको बेलायतलाई मृत्युदरमा मेक्सिकोले जितेको छ ।

बेलायतमा ४६ हजार २ सय एकजनाको मृत्यु हुँदा मेक्सिकोमा ४७ हजार ७ सय ४६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू