शनिबार, वैशाख १५, २०८१
23:52 | ०४:३७

कोरोनाले मृत्यु हुने ६ लाख ७७ हजार पुगे

रासस-एएफपी जुलाइ ३१, २०२०

 

पेरिस ।विश्वमा कोरोना भाइरस संक्रमणको कारण छ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी दिएको छ ।  

 शुक्रबारसम्म विश्वभरीमा एक करोड ७४ लाख ८९ हजार ६२३ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।उनीहरुमध्ये  हालसम्म एक करोड ९ लाख ५१ हजार ९८० व्यक्ति कोरोना मुक्त भएका छन् । 

विश्वभरमा अहिले  ५८ लाख ६० हजार ६२५ जना  संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६६ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९८५ जना संक्रमित भएका छन् । जहाँ कोरोनाकै कारण एक लाख ५५ हजार २८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 

दक्षिण अमेरिकामा ४० लाख ३९ हजार ८७२ जना कोरोना भाइरस संक्रमित छन् भने एक लाख ४१ हजार ९०६ जनाको मृत्यु भएको छ । 

उत्तर अमेरिकामा ५४ लाख ३९ हजार ८०४ जना संक्रमित छन्            र दुई लाख १६ हजार ९८८ जनाको मृत्यु भएको छ । 

युरोपमा २८ लाख ५९ हजार ४९५ जना कोरोना भाइरस संक्रमण भएको छ भने दुई लाख ३ हजार ५५ को मृत्यु भएको छ । 

एशियामा ४२ लाख १८ हजार ३३९ जनामा संक्रमण हुनाको साथै ९५ हजार ४६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख १२ हजार ७४४ जनामा संक्रमण भएको छ भने १९ हजार ३६४ जनाको मृत्यु भएको छ ।  

ओसियानामा १८ हजार ६४८ जना संक्रमित छन् र २२२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू