शुक्रबार, वैशाख ७, २०८१
12:00 | १६:४५

ब्राजिलमा कोरोनाका कारण ९० हजार बढीको मृत्यु

रासस-एएफपी जुलाइ ३०, २०२०

रियो डि जेनेरो (१५ साउन) – विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको छ ।

ब्राजिलमा २४ घन्टा यता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा यहाँ १ हजार ५९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ ।

ब्राजिलमा योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार १३४ पुगेको बिहीबार स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । सङ्क्रमितको संख्या यहाँ कम्तीमा पनि २५ लाख पुगेको पनि ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाए । यहाँका ९० हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ । कतिपयले ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले कोरोनाको सङ्क्रमणलाई गम्भीरताका साथ नलिएका कारण यस्तो अवस्था आएको बताएका छन् । यहाँ शुरु शुरुमा लकडाउन गरिएको थिएन ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले लकडाउनको विरोध गर्नेहरुलाई समर्थन गरिरहेको आरोप लगाइएको थियो । यसै कारणले पनि यहाँ ठूलो संख्यामा सङ्क्रमण फैलिएको बताउने गरिएको छ ।

हाल ब्राजिलमा दैनिक ५० हजार भन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू