शनिबार, वैशाख ८, २०८१
22:08 | ०२:५३

भारतमा संक्रमितको संख्या १५ लाख नाघ्यो

रासस-सिन्हवा जुलाइ २९, २०२०

नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कूल संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि  मृतकको जम्मा संख्या ३४ हजार १९३ जना पुगेको छ । 

सरकारी अधिकारीहरुका अनुसार भारतमा कोरोना भाइरस संक्रमितमध्ये ९ लाख ८८ हजार २९ जना  निको भएर फर्किएका छन् ।

हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस संक्रमित अवस्थामा छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू