शुक्रबार, वैशाख १४, २०८१
00:43 | ०५:२८

अमेरिकामा तालमा डुबेर २३ वर्षीया अस्मिताको मृत्‍यु

नेपाली लिङ्क जुलाइ २७, २०२०

अमेरिका । अमेरिकाको टेक्सासमा तालमा डुबेर २३ बर्षकी नेपाली युवती अस्मिता खनालको मृत्यु भएको छ । आइतबार टेक्साको लेक लेविसभिलबाट उनको शव निकालिएको थियो ।

आइतबार दिउसो ३ बजेतिर उनी तालमा हराएको खबर खोजीदललाई दिइएको थियो । उनी लाइफ ज्याकेटविना नै डुंगाको पछिल्लो भागबाट तालमा खसेको रिपोर्टहरुमा जनाइएको छ ।

अहिले उनको शव टेरान्ट काउन्टीमा मेडिकल एक्जामिनर सेन्टरमा राखिएको छ । उनको मृत्युबारे नेपालमा रहेको परिवारलाई खबर भइसकेको छ ।

उनको सम्झनामा र दाहसंस्कारका लागि गोफण्डमीमा आर्थिक संकलन सुरु गरिएको छ ।

झण्डै दुई साता अगाडि पनि टेक्सासमा रहेको ब्राजोस नदीमा माछा मार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको पानीमा डुबेर मृत्यु भएको थियो । गौतम र खत्री अर्का एकजना भियतनामी साथीसँग माछा मार्न गएका थिए । गौतम पानीमा डूबेपछि बचाउन खोज्दा खत्री आफूपनि डुबेका थिए ।

फोर्टवर्थ निवासी सरिता चौलागाईका छोरा हिकारु गौतम गतबर्षमात्र हाईस्कुल ग्रयाजुएट भएका थिए । सधै मुस्कुराउने स्वभावका त्रिशरण राम्रो फुटवल खेलाडी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू