शुक्रबार, चैत १६, २०८०
20:25 | ०२:१०

भारतमा एकैदिनमा थपिए ५० हजार संक्रमित

रासस-एएनआई जुलाइ २७, २०२०

नयाँ दिल्ली ।   भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या अत्यधिक बृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि संक्रमित अवस्थामै छन् भने नौ लाख १७ हजार ५६८ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन् ।

प्रदेशगत रुपमा सबैभन्दा  धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७९९  संक्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६०६ जना संक्रमित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू