शुक्रबार, चैत १६, २०८०
14:21 | २०:०६

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ६४ लाख नाघ्यो

रासस-एएफपी जुलाइ २७, २०२०

जेनेभा । विश्वमा सोमबारसम्म एक करोड ६४ लाख ३२ हजार ११० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमणको कारण विश्वभर छ लाख ५२ हजार ४३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  जानकारी दिएको छ । 

संक्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५५४ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८४४ जना  कोरोना भाइरस संक्रमितहरुको उपचार भइरहेको छ । उनीहरुमध्ये ६६ हजार २२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८३९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् भने एक लाख ४९ हजार ८४९ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ३४ हजार २५६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९०६ जना कोरोना भाइरस संक्रमित छन् र दुई लाख ८ हजार ५९६ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख ८४ हजार ८४२ जना कोरोना भाइरस संक्रमित छन् भने दुई लाख १ हजार ५३२ को मृत्यु भएको छ । एसियामा  ३९ लाख ५ हजार ४३९ जनामा कोरोना भाइरस संक्रमण र ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख ५० हजार ६२८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १७ हजार ८०८ जनाको मृत्यु भएको छ ।  ओसियानामा १६ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण हुनाको साथै १८३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू