आइतबार, कार्तिक १८, २०८१
06:36
|
१२:२१
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार
रासस/एएनआई
जुलाइ २५, २०२०
नयाँ दिल्ली, १० साउन–भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ ।
यससँगै भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । उक्त अवधिमा थप ७५७ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा ३१ हजार ३५८ कारोनाभाइरस सङ्क्रमितको मृत्यु भइसकेको छ । भारत सङ्क्रमणका दृष्टिकोणबाट विश्वको तेस्रो स्थानमा रहेको छ तर भारतमा अधिकांश विरामी निको भई घर फर्किइसकेका छन् ।
शनिबारसम्ममा चार लाख ५८ हजार २०५ व्यक्ति कोभिड–१९ बाट अझै पनि सङ्क्रमित रहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५