आइतबार, मंसिर २३, २०८१
09:33
|
१५:१८
जाम्बियाका १५ सांसद कोरोनाभाइरस सङ्क्रमित
रासस/सिन्ह्वा
जुलाइ २४, २०२०
जाम्बियाका १५ सांसद कोरोनाभाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको छ । देशका १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदलाई सम्पर्क गरेर अहिले ‘आइसोलेसन’ मा राखिएको जानकारी दिनुभयो ।
कोरोना अपडेट जानकारी गराउने क्रममा उहाँले सङ्क्रमित कुनै पनि सांसद गम्भीर अवस्थामा नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले संसद सचिवालयमा कार्यरत अरु १५ जना कर्मचारीमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको बताउनुभयो ।
जाम्बियामा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ८५६ पुगेको छ ।
कोरोना भाइरसका कारण जाम्बियामा शुक्रबारसम्म ८३५ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५