शुक्रबार, वैशाख १४, २०८१
22:52 | ०३:३७

सगुनले नियुक्त गर्‍यो चार सल्लाहकार, बोर्ड अध्यक्षमा डा पौडेल

नेपाली लिङ्क जुलाइ २३, २०२०

डा केशव पौडेल सगुनको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त भएका छन्

वासिङ्टन डीसी । सामाजिक ई–कमर्स स्टार्टअप कम्पनी सगूनले ४ जना सल्लाहकारको एक समूहलाई बोर्डमा नियुक्त गरेको छ ।

सल्लाहकार समितिको सदस्यहरुमा बिमल बास्तोला (न्यूयोर्क), कपिल अधिकारी (टेक्सास), डा. शशी सिग्देल (न्यूयोर्क) र डा केशव पौडेल (न्यू-मेक्सिको) छन् ।

सन् २०१५ देखि २०१९ सम्म गैर आवासीय नेपाली संघ–एनआरएनए, यूएसएका अध्यक्षसमेत रहेका डा केशव पौडेल सगुनको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

‘सल्लाहकार समितिमा रहेकाहरुसँग उत्कृष्ट क्षमता, उर्जा र दक्षता छ । उहाँहरूको योगदानले सगुनको मिसनलाई थप उचाइमा पुर्यायाउने हाम्रो विश्वास छ । हामी बोर्डका सबै सदस्यहरुलाई  स्वागत गर्न उत्साहित छौं ।’

सगुनले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, ‘किनकी उहाँहरूले विभिन्न क्षेत्रमा दशौ वर्षसम्म नेतृत्व प्रदान गर्दै आउनु भएको छ । उहाँहरूले हासिल गर्नु भएको अनुभव र सीप सगुनको बृद्धिका लागि ठूलो सम्पत्ति हुनेछ ।’

सगुनको सल्लाहकार समितिका अध्यक्षका रूपमा टोलीको नेतृत्व गरिरहेका डा. केशव पौडेलले भने, ‘म सगुनसँग जेडिन पाउँदा अत्यन्तै उत्साहित छु । यसको लक्ष्य हासिल गर्न आवश्यक पर्ने स्रोत र संसाधनहरू जुटाउने दिशामा मेरा प्रयास रहने छन् ।’

उनले थपे, ‘नेपाली मूलबाट अएको यो फरक आविष्कारको अवधारणाले सोसल मिडियासँग कुराकानी गर्ने हाम्रो तरिकामा उल्लेखनीय परिवर्तन ल्याउनेछ । मलाई लाग्छ, सगुन विशेषगरी नेपाल र विश्वभरि रहेका नेपालीहरुबीच ठूलो मौका र मूल्य सिर्जना गर्ने अवसरहरूका साथ अगाडि बढिरहेको छ । यस कम्पनीलाई सबै नेपाली डायस्पोराबीच प्रेरणादायी बनाउन म सक्दो प्रयास गर्नेछु ।’

डा. पौडेलसँग क्लिनिकल र एकेडेमिक मेडिसिनमा मात्र नभई मेडिकल एडमिनिस्ट्रेशनमा पनि २० वर्षको अनुभव छ । उनले न्यू मेक्सिको हस्पिटल मेडिसिन सोसाइटीको अध्यक्षको रूपमा सेवा गरेका छन् ।

सल्लाहकार समितिका सदस्य  विमलराज बास्तोला व्यवसायी हुन् । बास्तोलासँग सफ्टवेयर, तेल र ग्यास ब्यवसायका साथै अमेरिका, भारत, नेपाल, बंगलादेश र अफ्रिकामा रियल स्टेट सम्बन्धी व्यवसाय सञ्चालन गरेको २५ बर्षभन्दा बढीको अनुभव छ ।

त्यस्तै, अर्का सदस्य कपिल अधिकारीसँग रिटेल फ्रेञ्चाइज र थोक व्यापारको २५ वर्षको अनुभव छ । उनी टेक्सास इस्टेटको नेपाली सांस्कृतिक र आध्यात्मिक केन्द्र र हिन्दू मन्दिरको बोर्ड अफ ट्रस्टीका सदस्य समेत हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू