शुक्रबार, वैशाख १४, २०८१
05:55 | १०:४०

विश्वभर कोरोना सक्रमितको संख्या एक करोड ५३ लाख नाघ्यो

रासस-एएफपी जुलाइ २३, २०२०

 


जेनेभा ।  विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमणको कारण विश्वभर छ लाख ३० हजार ३६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ । 

संक्रमितमध्ये हालसम्म ९३ लाख ५६ हजार ३५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ९५ हजार  ७४६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार २१५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख १ हजार जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार १८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३४ लाख ६३ हजार २४६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख २७ हजार ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख ५ हजार ८५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ  दुई लाख १ हजार  ९०७ जनाको मृत्यु भएको छ । 

युरोपमा २७ लाख १७ हजार ९५० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख १५४ को मृत्यु भएको छ । एसिया ३६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८४ हजार ६०४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा सात लाख ७३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ४८७ जनाको मृत्यु भएको छ ।  ओसियानामा १४ हजार ९९८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५५ जनाको मृत्यु भएको छ ।

कोरोना सक्रमितको संख्या एक करोड ५३ लाख नाघ्यो 

जेनेभा ।  रासस-एएफपी विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।कोरोना भाइरस संक्रमणको कारण विश्वभर छ लाख ३० हजार ३६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ । 

संक्रमितमध्ये हालसम्म ९३ लाख ५६ हजार ३५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ९५ हजार  ७४६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार २१५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख १ हजार जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार १८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३४ लाख ६३ हजार २४६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख २७ हजार ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख ५ हजार ८५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ  दुई लाख १ हजार  ९०७ जनाको मृत्यु भएको छ । 

युरोपमा २७ लाख १७ हजार ९५० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख १५४ को मृत्यु भएको छ । एसिया ३६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८४ हजार ६०४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा सात लाख ७३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ४८७ जनाको मृत्यु भएको छ ।  ओसियानामा १४ हजार ९९८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू