बिहीबार, वैशाख १३, २०८१
13:58 | १८:४३

कोरोनाले मृत्यु हुनेको संख्या छ लाख ८ हजार नाघ्यो

रासस-एएफपी जुलाइ २०, २०२०

जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार  ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

संगठनका अनुसार सोमबारसम्म विश्वभर १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना  संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८७ लाख ३७ हजार ८३५ व्यक्ति कोरोना मुक्त भएका छन् ।  

विश्वभर अहिले ५२ लाख ९९ हजार ८९४ व्यक्ति कोरोना भाइरस संक्रमित व्यक्तिहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये  ५९ हजार ६०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३८ लाख ९८ हजार ५५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  कोरोनाका कारण अमेरिकामा १ लाख ४३ हजार २८९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३२ लाख ६६ हजार ७४३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १७ हजार ९३६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४५ लाख ७० हजार १८९ जना कोरोना भाइरस संक्रमित रहेका छन् जहाँ १ लाख ९६ हजार ६२२ जनाको मृत्यु भएको छ । 

युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८०२ को मृत्यु भएको छ । एसिया ३४ लाख १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ र ७९ हजार ९६३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ७ लाख २४ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण छ भने १५ हजार २०२ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण हुनाको साथै १४५ जनाको मृत्यु भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू